आगामी स्थानीय तह निर्वाचनमा रोल्पा जिल्लामा सत्तारुढ दल चार दलीय मोर्चा बनाएर निर्वाचनमा जाने निर्णय गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएर जाने निर्णय गरेका हुन्।
आइतबार माओवादी केन्द्रका रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीको अध्यक्षमा नेपाली कांग्रेस रोल्पा जिल्लामा बसेको बैठकले केन्द्रीय संयन्त्रको निर्देशन बमोजिम गठबन्धन गरेर जाने निर्णय गरेका हुन् ।
संविधान, संसद,राष्ट्र, राष्ट्रियता र गणतन्त्रमा विगत २÷३ वर्षदेखि प्रतिगामी संययद्यत्र भईरहेकाले त्यसलाई परास्त गर्न गठबन्धन बनाउनु परेको विज्ञप्तिमा उल्लेख छ। आगामी वैशाख ३० गते केन्द्रीय पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने रोल्पा जिल्लाका नेताहरुले समझदारी गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया