काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ ।
पाकिस्तानी संसदका उपसभामुख कासिम खान सुरीले खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरिदिएका हुन् ।
आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको जनाइएको छ ।
त्यसैगरी अविश्वास प्रस्ताव राखेज भएसँगै संसद बैठक पनि स्थगित गरिएको छ।
३४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ सिट आवश्यक हुन्छ। सत्तारूढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरूले साथ नदिने भएपछि खान अल्पमतमा परेको बताइन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया