काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारले भारतसँगको सीमा विवाद समाधानका लागि गरेको पहलको प्रशंसा गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता पौडेलले नेपाल र भारतबीच कुटनीतिक समाधान मात्रै विकल्प रहेको बताउँदै सीमा विवाद सुल्झाउन समेत आग्रह गरेका हुन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा विवादबारे उठाएको प्रस्तावहरुको प्रशंसा गर्दै नेता पौडेलले विवादको गाँठो फुकाउने विषयले पूर्णता दिन समेत आग्रह गरेका छन् ।
आइतबार ट्वीट गर्दै नेता पौडेलले भनेका छन्, ‘ सीमा९विवाद समाधान गर्न सरकारले देखाएको अग्रसरता प्रसंशनीय छ। कूटनीतिक समाधानस् सधैंको विकल्प थियो, हो। सीमा विवादको गाँठो फुकाउने विषय मौसमी नबनोस् ।’
त्यसैगरी मित्रवत समझदारी र निरन्तर पहल गरी उचित निष्कर्षमा पुर्याउन सरकारले प्राथमिकताका साथ जिम्मेवारी लिन समेत आग्रह गरेका छन् ।
‘समझदारी र निरन्तर पहल गरी उचित निष्कर्षमा पुर्याउन सरकारले प्रथमिकताका साथ जिम्मेवारी लिओस् ।’ उनले भनेका छन् ।
सीमा-विवाद समाधान गर्न सरकारले देखाएको अग्रसरता प्रसंसनीय छ। कूटनीतिक समाधान: सधैंको विकल्प थियो, हो। सीमा विवादको गाँठो फुकाउने विषय मौसमी नबनोस् । मित्रवत समझदारी र निरन्तर पहल गरी उचित निष्कर्षमा पुर्याउन सरकारले प्रथमिकताका साथ जिम्मेवारी लिओस् ।
— Pradip Paudel (@paudelpradipNC) April 3, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया