एनजीओको नाममा भएको फजुल खर्च रोक्नुपर्छ : प्रविण श्रीवास्तव

कपिलवस्तु । कपिलवस्तु एनजीओ महासंघका अध्यक्ष प्रविण श्रीवास्तवले एनजीओको नाममा भइरहेको विक्रृतीलाई रोक्नु पर्ने बताएका छन् ।

एनजीओले गर्ने कार्यक्रमको नाममा लाखौँ रकम खर्चिने, पार्टी कार्यकर्तालाई विभिन्न समुह र संस्था बनाउन लगाएर बजेट वितरण गर्ने साथै अनुदानका लागि बजेट वितरण गर्ने विक्रृतीलाई रोक्नु पर्ने अध्यक्ष श्रीवातले बताए । 

स्थानीय तहमा मनपरी बजेट खर्च हुन थालेपछि त्यसलाई रोक्नसपर्ने स्थानीयहरुको माग  छ । 

स्थानिय बासिन्दाका अनुसार उपभोक्ता समिति गठनदेखि ठेक्का दिँदासम्म आफ्ना नातागोतालाई मात्र दिएर विकासभन्दा पनि बजेट सिध्याउने काम भइरहेको बताएका छन् । साथै उनीहरुले स्थानीयतहमा मनपरी गर्नेदेखि कमिसनसम्म जन प्रतिनिधिकै नातेदार रहेको स्थानीय बासिको गुनासो रहेको छ । 

प्रदेश नं. ५ कपिलवस्तु जिल्लामा ६ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?