काभ्रे । काभ्रेमा खानेपानी आयोजनामा काम गरिरहेका मजदुर अलपत्र परेका छन् ।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा –६ राशी खोलामा खानीपानी आयोजनामा काम गरिरहेका मजदुर गएराति आएको बाढीका कारण खोलामा नै अलपत्र परेका हुन् ।
खानेपानी आयोजनामा काम गरीरहेका मजदुरहरु गए रातिदेखि परेको अविरल वर्षाका कारण खोलाकोबीचमा रहेको ढुंगामा समाएर बसीहेका छन् ।
१९ जना कामदारले काम गरिरहेका मध्ये १७ जनाको उद्धार भइसकेको छन् भने बाँकी दुई जनालाई भने उद्धार गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले जानकारी दिए ।
अहिले उद्धारका लागि नेपाल प्रहरी, सेना पुगीसकेको उनले बताए ।
खोलाको बिचमा रहेकाले उद्धार गर्न कठिन भएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया