स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ मा एनआईबीएल एसको सहभागिता

लोकपथ
104
Shares

काठमाडौं । लिभिङ विथ आईसीटीले सातै प्रदेशमा ई–बीमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना आरम्भ गरेको छ ।

डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो ।

गण्डकी प्रदेशबाट आरम्भ भएको यो कार्यक्रममा एनआईबीएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ ।

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआईबीएल एसले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामर्श सेवामार्फत नवीनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको जानकारी दिएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?