विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

लोकपथ
442
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९१ रुपैयाँ तीन पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ छ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?