काठमाडाैं : व्यापक माैसम बदलीका कारण भर्इरहेकाे भारी बर्षा अाज (बिहिबार) पनि नरोकिने भएको छ ।
जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार पनि देशभर मनसुन सक्रिय रहनेछ ।
पूर्वका केही स्थान र मध्य एवं पश्चिम क्षेत्रमा मध्यम बर्षा हुने र झरी पर्ने क्रम बिहिबार रातभरसम्म कायम रहने विभागले जानकारी दिएको छ ।
मध्य र पश्चिमी भूमागका केही स्थानमा भारी बर्षाको सम्भावना छ । माैसम बदलीको प्रभाव देशभर नै पर्ने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया