भक्तपुरमा पहिरोले घर पुरिदाँ एकै परिवारका ३ को मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा टोलमा पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार सुतिरहेको बेला पहिरो खसेपछि च्यापिएर उनीहरुको मृत्यु भएको बताए । 

मृत्यु हुनेमा ६९ वर्षीय हजुरबुवा हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामा रहेको जिल्ला अधिकारी भट्टले बताए । 

अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भट्टसहितको टोली पुगेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?