आवश्यकताका आधारमा निर्वाचनमा गठबन्धन : वरिष्ठ नेता पौडेल

लोकपथ
42
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन् ।

नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैशाख ३० गते हुने निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने जिकिर गरे । वरिष्ठ नेता पौडेलले निर्वाचनमा कांग्रेसका सबै उम्मेदवारले विजयी हासिल गर्नुपर्नेमा जोड दिँदै कांग्रेसबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले देवघाटका सबै वडामा कांग्रेसका उम्मेदवारले जित्नुपर्ने बताए । उनले भने, “सबै वडामा कांग्रेसले जित्नुपर्छ, टिकटमा दाबी सबैको हुन्छ, टिकट एउटाले पाएपछि सबै एकढिक्का हुनुपर्छ ।” कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, जिल्ला सभापति जितप्रकाश आले लगायतले सम्बोधन गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?