काठमाडौं। भारतको तीन दिने भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
शनिबार दिउँसो नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री कार्यालय हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकारलाई सम्बोधनका क्रममा देउवाले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
त्यसैगरी आजै जनकपुर जयनगर रेल सेवाको उद्घाटन, भूकम्पपछि भारत सरकारको सहयोगमा पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको अवलोकनसहित उद्घाटन समेत गरिएको छ ।
त्यसैगरी दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन समेत गरिएको छ । त्यसैगरी भारत सरकारको ३ अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया