काठमाडौं–सरकारले काठमाडौं उपत्यकामा मालवाहक टिपरलाई दिउँसो चलाउन रोक लगाएको छ । १ साउनबाट टिपरका लागि राति ८ देखि बिहान ५ बजेसम्म चलाउने समय सीमा तोकिएको छ । टिपरका कारण हुने दुर्घटनामा दुई पांग्रे सवारी चालक र पैदलयात्रुको ज्यान जान थालेपछि गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा समय सीमा तोकेको हो ।
गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निर्देशन जारी गरिसकेको छ भने महानगरीय ट्राफिक महाशाखाले त्यसमा सघाउनेछ ।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राति मात्रै टिपर सञ्चालन गर्न दिने गरी मातहतका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताए ।
‘उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई दिउँसो टिपर चल्न रोक लगाउन र राति व्यवस्थापन गर्न निर्देशन दिइएको हो, साउन १ बाट कार्यान्वयनमा आउँछ,’ सुवेदीले भने । राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया