काठमाडौं । जनकपुर–जयनगर रेलसेवाको उद्घाटन भएको छ।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा रेलसेवाको उद्घाटन गरेका हुन् ।
शनिबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीले एक कार्यक्रमकाबीच नयाँदिल्लीबाट रिमोट थिचेर रेल सेवाको उद्घाटन गरेका हुन् ।
नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेपछि रेल सञ्चालनमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया