बिरामीको मृत्यु भएपछि अत्तरियाको पद्मा अस्पताल तोडफोड

लोकपथ
98
Shares

कैलाली । बिरामीको मृत्यु भएपछि अत्तरियामा रहेको पद्मा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । शुक्रबार साँझ उपचारका लागी आएका बिरामीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै शनिबार स्थानीयहरुले तोडफोड गरेका हुन् ।

मृतकका आफन्तले ढुंगा मुडा प्रहार गर्दा अस्पतालको अगाडीको सिसा फुटेको छ भने अस्पताल परिषरमा तनावग्रस्त स्थिति सृजना भएको छ । मृतकका आफन्तहरुले अस्पतालको एम्बुलेन्स समेत तोडफोड गरेका छन ।

बिरामीको मृत्युको कारण भने खुल्न सकेको छैन । मृतक झाडापखालाबाट ग्रसित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?