काठमाडौं–१२ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई लिन बुधबार काठमाडौंबाट चिकित्सकसहितको टोली जुम्ला जाने तयारी भयो । सेनाको हेलिकोप्टर जाने व्यवस्था मिलिसकेको थियो । तर, उड्ने तयारीमा रहेको हेलिकोप्टर काठमाडौंमै रोकियो ।
आफू काठमाडौं नफर्किने जवाफ डा। केसीले फोनबाटै दिएपछि चिकित्सकसहितको टोली रोकिएको हो । नेपाल चिकित्सक संघका पदाधिकारीलाई केसीले यस्तो जवाफ दिएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया