नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
समितिको बैठकको निर्णयमा भनिएको छ, “प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँरनगररवार्ड कार्यसमितिमा आवश्यकता अनुसार प्रचार संयन्त्रको गठन गर्न निर्देश गर्ने ।”
सभापति शेरबहादुर देउवाले डा महतको संयोजकत्व रहेको स्थानीय निर्वाचनको केन्द्रीय प्रचार प्रसार समितिमा शुक्रबार ६७ जना मनोनयन गरेका थिए ।
सो समितिको शुक्रबार बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र(मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ । समितिले भनेको छ, “प्रदेश र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने । स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय संचार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने ।”
समितिले पार्टीको प्रचार प्रसारकालागि आवश्यक प्रचार सामाग्री निमार्ण गर्ने र रेडियो, एफ.एम. टि.भि. प्रिन्ट मिडिया, अनलाईन तथा समाजिक सञ्जाल जस्ता विभिन्न सञ्चार माध्यमहरुबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया