आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
0
Shares

१. प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान, भ्रमणमा नेपाल–भारत द्विपक्षीय बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने ।

२. नेपालको संस्कृतिमाथि आक्रमण भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, हमलालाई परास्त गर्न र संस्कृतिलाई जीवित राख्न आवश्यक रहेको उल्लेख ।

३. प्रधानमन्त्री देउवा र मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट भोलि नेपाल रेल सेवाको उद्घाटन गर्ने, कुर्थाबाट यातायातमन्त्री रेणुकुमारी यादवले रेल चढेर जनकपुरसम्म आउने कार्यतालिका ।

४. प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउनेमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विश्वस्त, भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाई मुलुकको हित गर्ने दाबी ।

५. स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले दुई तिहाइभन्दा बढी सिट ल्याएर विजयी हुने उपाध्यक्ष विष्णु पौडेलको दाबी, अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप ।

६. कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर बनाउनेहरू पार्टीमा बस्नुभन्दा बाहिरिँदा राम्रो हुने नेता प्रकाशमान सिंहको भनाइ, पार्टीको निर्णय सबैले मान्नुपर्ने धारणा ।

७. स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको यातायातमन्त्री रेणुकुमारी यादवको भनाइ, लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट ।

८. निर्माण कम्पनीले प्रतिबद्धता पूरा नगरेपछि काठमाडौंको तिनपिप्लेमा स्थानीयले गरे पुनः सडक अवरुद्ध, फोहोर बोकेका टिपर फिर्ता, सडकखण्ड शीघ्र पिच गर्न माग ।

९. संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्नेमा सहिरी विकास मन्त्री रामकुमारी झाँक्रीको जोड, संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने तर्क ।

१०. यस साता सेयर बजार २५ सय ४४ अंकमा खुम्चियो, साताभर १३ अर्ब ४२ करोड रुपैयाँको सेयर खरिदबिक्री ।

११. लगानी बोर्डद्वारा १४ अर्ब २७ करोडबराबरको लगानी स्वीकृत, सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवं व्यवस्थापनमा लगानी गरिने ।

१२. पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमाथिको निर्वाचन अप्रिल ३ गतेसम्मका लागि स्थगित, अविश्वास प्रस्तावको सामना गर्ने इमरान खान तेस्रो पाकिस्तानी प्रधानमन्त्री ।

१३. युक्रेनले ग¥यो रुसको तेल डिपोमा हेलिकोप्टरबाट आक्रमण, आक्रमणका कारण डिपो जलेर ध्वस्त ।

१४. इंग्लिस प्रिमियर लिग फुटबलमा आगामी सिजनमा पनि पाँच खेलाडी परिवर्तन गर्न पाउने, हरेक टिमलाई तीन पटक खेलाडी परिवर्तनका लागि समय उपलब्ध गराइने ।

१५. र, कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज हुँदै, विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयताक्रममा राखेर ‘ड्र’ गरिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?