काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भ्रमण रहेका छन् । भ्रमणको क्रममा विभिन्न छलफल तथा सहमति हुनेछ । भ्रमणका क्रममा जी टु जी विधीबाट रासायनिक मल खरिद, रासायनिक मल कारखाना स्थापना, व्यापार प्रवर्धन, प्राविधिक सहायता लगायत विषयमा छलफल हुनेछ ।
यी हुन् छलफलका लागि प्रस्तावित विषयहरु :
१. G to G विधीबाट रासायनिक मल खरिद सम्बन्धमा
– MOU भई सकेको
– नेपाल भारत बीच द्विपक्षिय Joint Steering Committee गठन भएको
-पहिलो Steering Committee बैठक मार्च १६, २०२२ मा सम्पन्न भई सो को माइन्युट नेपाल पक्षबाट भारत पक्ष समक्ष पेश भएको
२. रासायनिक मल कारखाना स्थापना
कृषि उत्पादन सामग्री मध्येको महत्वपूर्ण रासायनिक मलको अभाव र समयमा आपूर्ति हुन नसक्दा वर्षेनि नेपाली कृषकहरुले समस्या झेल्नु परेको छ। यसको दिर्घकालिन समाधानको लागि विद्युत वा ग्याँसबाट संचालित मल कारखाना(ग्याँसबाट संचालित मल कारखानाको हकमा ग्याँस पाइपलाईन विस्तार समेत) स्थापनामा सहयोगको लागि भारत सरकार समक्ष अनुरोध गर्ने।
३. व्यापार प्रवर्धन :
नेपालको अन्तर्राष्ट्रिय व्यापारको मुख्य साझेदार भारत रहेको र औद्योगिक बालीहरु निर्यात हुँदा विभिन्न समस्याहरु देखिएकोले व्यापार सहजिकरणको लागि अलैँची, चिया, कफी, अदुवा लगायतका उपजहरु निर्यातमा सहजीकरणको लागि अनुरोध गर्ने।
४. प्राविधिक सहायता
-कृषि अनुसन्धान र प्रसारका क्षेत्रमा दुबै देशमा विकास भएका नविन प्रविधि र अनुसन्धानका नतिजाहरु नेपाल र भारतका कृषि वैज्ञानिक बीच आदान प्रदान हुँदा दुवै देशका लागि उपयोगी हुने भएकोले नविन प्रविधि, ज्ञान सिप आदान प्रदानका लागि अनुरोध गर्ने।
-कृषि बाली/फार्महरुको सेन्टर अफ एक्सिलेन्स स्थापना गर्ने।नेपालमा हाल खेती भईरहेको उखुका जातहरु पुराना र कम उत्पादनशील रहेको सन्दर्भमा भारतमा विकास भएका उच्च उत्पादकत्व भएका उखुको जर्मप्लाजम उपलब्ध गराउन अनुरोध गर्ने।
५. उत्पादन/ उत्पादकत्व वृद्धिका लागि नस्ल सुधार गर्न मुर्रा राँगा आयात सम्बन्धमा
– नेपालमा उच्च प्रजनन् मानका पशुहरुको अभावले उत्पादन/उत्पादकत्व बृद्धी हुन नसकेको
– जनवरी ३०, २०२० मा सम्पन्न नेपाल-भारत 8th Joint Agriculture Working Group (JAWG) बैठकको निर्णयमा भारत पक्षले नस्ल सुधारका लागि मुर्रा राँगा उपलब्ध गराउन सक्ने विषय उल्लेख भएको
– सो सम्बन्धमा नेपाल पक्षको अनुरोध पश्चात भारत पक्षले हरियाणा र नोयडा स्थित दुई वटा फार्महरुबाट राँगा उपलब्ध गराउन सक्ने पत्राचार भएको र सो पश्चात स्पेशिफिकेशन मुल्य र संख्याको सम्बन्धमा मिति २०७८/०४/२१ को पत्रमार्फत परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरिएकोमा हालसम्म जवाफ प्राप्त नभएको
६. एकिकृत चेकपोष्ट स्थापना
पशुपन्छीको सिमाबिहिन रोगहरुको नियन्त्रण र पशुपन्छीको व्यापार प्रवर्धनमा सहजिकरणका लागि थप नाकाहरुमा एकिकृत चेकपोष्टस्थापनाको लागि अनुरोध गर्ने।
७. खोरेत भ्याक्सिन उत्पादन
आर्थिक दृष्टिकोणले महत्वपूर्ण पशुको खोरेत रोग नियन्त्रणका लागि नेपालमा नै खोरेत भ्याक्सीन उत्पादन गर्ने उद्देश्यले खोरेत भाइरसको सिड सहित पूर्वाधार निर्माणमा सहायताको लागि अनुरोध गर्ने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया