नेपालगन्ज विमानस्थलमा रहेको जग्गा विवाद उत्कर्षमा, दुई सरकार निकायको आ–आफ्नो दाबी

नेपालगन्ज– नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तीनकठ्ठा तीन धुर क्षेत्रफलको जग्गा विवाद यहाँ उत्कर्षमा पुगेको छ ।

नेपालगन्ज विमानस्थल क्षेत्रमा रहेको सो जग्गा दुवैले आप्mनो स्वामित्वमा रहेको दाबी गर्दै आएपछि विवाद उत्कर्षमा पुगेको हो ।

निगमका क्षेत्रीय प्रबन्धक मुक्तिराम पाण्डेले उक्त जग्गा कसैको स्वामित्वमा नभएको तर, यसको भोगचलन निगमले ३५ वर्षदेखि गर्दै आएको बताए ।

प्राधिकरणले गत असार १९ गते राति डोजर लगाएर उक्त जग्गामा रहेका दुईवटा इन्जिनियरिङ भवन भत्काएपछि सुरक्षाको माग गर्दै निगमले बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएको छ ।

निगमले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा निगमका क्षेत्रीय प्रबन्धक पाण्डेले प्राधिकरणले अराजक शैलीमा भवन भत्काउँदा बहुमूल्य सामान नष्ट भएको बताए ।

अर्कोतर्पm नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जग्गाको लालपूर्जा प्राधिकरणको नाममा भएको दाबी गरे ।

“दुई संस्थाबीचको यो विवाद कि स्थानीय निकायबाट अथवा मन्त्रालयस्तरबाट समाधान गर्नु उपयुक्त हुन्छ”–बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?