नेपाली रेल जयनगरमा सजिँदै, भोलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने

लोकपथ
343
Shares

जनकपुर । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले शनिबार अपराह्न १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उद्घाटन हुने जानकारी दिएका छन् ।

उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ ।

‘भोलि १२:३० बजेमा हामी जयनगर पुग्नेछौँ, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रबन्धक झाले भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन गर्ने कार्यक्रम छ ।’

उनका अनुसार उद्घाटन भएलगत्तै विद्यार्थीहरु बोकेर नेपाली रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । कुर्थामा पुगेपछि नेपालतर्फको औपचारिक कार्यक्रम सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?