गृहमन्त्री कड्किए : काठमाडौं उपत्यकामा ट्रिपर नचलाउ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ट्रिपरका कारण सर्वसाधारणले अकालमा ज्यान गुमाएको भन्दै उपत्यकाभित्र साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएका छन् । 

विशेष गरी भक्तपुर–काठमाडौं र काठमाडौंको कपनक्षेत्रमा ट्रिपरको ठक्करका कारण सर्वसाधारण बढुवादेखि स्कुटर र मोटरसाइकलमा सवार ब्यक्तिको मृत्यु हुन थालेपछि यस्तो निर्णय गरिएको हो । 

 गृहमन्त्री थापाले उपत्यकाका तीन वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमुख र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्रचार गरी उपत्यकाभित्र बिहान ५ बजेदेखि साँझ ८ वजेसम्म गुड्न नदिन निर्देशन दिएका छन् । 

ट्रिपरको ठक्करका कारण हप्तामा एकजनाले ज्यान गुमाएको जानकारी प्रहरीले दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?