काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् । छन ।
आज नयाँ बसपार्क गोंगबुमा युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘ याताय क्षेत्रको विद्यमान अन्यौलत, चुनौती र समाधान ’ विषयक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भईरहेको भन्दै त्यो पुरा नहुने बताए ।
उनले भने, ‘अहिले पनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनीहरुको समृद्धि हुने, यो क्षेमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भईरहेको छ । यसबारे सरकार सचेत छ ।’
यातायात मात्रै नभई कृषि , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको गृहमन्त्री थापाको गुनासो थियो ।
‘सिण्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन । जनतालाई समृद्ध बनाउने जुन प्रतिवद्धता गरेका छौं । त्यो पुरा हुन सक्दैन उनको थप भनाई थियो ।’
ण्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भनदै सबैको सहयोगका लागि उनले अपिल गरे ।
कार्यक्रममा यातायात ब्यवसायीहरुले सरकारको कतिपय निर्णयका कारण यातायात क्षेत्र लथालिङ्ग भताभुङ भएको गुनासो सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया