पानी छोएको निहुँमा कुटपिट गर्ने आमाछोरीलाई जेल सजाय

महोत्तरी । बर्दिवास नगरपालिका ४ स्थित सार्वजनिक धारामा पानी थाप्न जाँदा पानी छोएको निहुँमा कुटपिट गर्ने आमाछोरीलाई महोत्तरी जिल्ला अदालतले जेल सजाय सुनाएको छ । 

न्यायाधीश डण्डपाणि शमाएको एकल इजलासले जातीय भेदभाव तथा कसुरमा दोषि ठहर गर्दै वर्षीया कमला गिरीलाई ६ महिना कैद र १० हजार जरिवाना सुनाएको छ । 

त्यस्तै अर्की अभियुक्त नाबालक भएकाले आधा अर्थात ३ महिना कैद सजाय सुनाइएको छ  भने ५ हजार जरिवाना अभिभावकबाट उसुल्न आदेश दिएको छ ।

उनीहरुले गत १५ वैशाखमा सार्वजनिक धारामा पानी थाप्न जाँदा ३६ वर्षीया बुद्धमाया बिश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषामाथि कुटपिट गरेका थिए । 

साथै पीडितलाई पचास हजार (२५ र २५ हजार) क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?