बजेट कार्यान्वयनबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वनका लागि विभिन्न मन्त्री र सचिवसँग सघन छलफल गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस कार्ययोजना मगाइ मन्त्री र सचिवसँग छलफल गरेका हुन् । 

गत असार २५ गते भएको सोही प्रकारको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिएका थिए । 

बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र अन्य मन्त्रालयका सचिवहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?