डा. केसीको माग पूरा गर्न सरकार तयार छ : राज्यमन्त्री अर्याल

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्या अर्यालले डा. गोविन्द केसीका मागहरु पूरा गर्न सरकार तयार रहेको बताएकी छन् । 

रिपोर्टर्स क्लबमा बुधबार आयोजित साक्षत्कारमा बोल्दै राज्यमन्त्री अर्यालले भनिन्, ‘डा.गोविन्द केसीले अनशन सुरु गरेदेखि नै सरकारले उहाँलाई वार्तामा आउन आग्रह गर्दै आएको हो । उहाँले उठाएका मागहरुको बारेमा सरकार गम्भीर छ ।’

राज्यमन्त्री अर्यालले केही मागहरुका बारेमा विवाद रहेको भन्दै मैले भनेकै हुनुपर्छ भनेर समसस्या समाधान नहुने बताइन् ।

संसदबाट डा केसीका मागहरुले वैधानिकता पाउने बताइन् । उनले भनिन्, ‘चिकित्सा शिक्षा विधेयक संसदमा पुगेको छ, संसदले नै उहाँले उठाएका मागहरुलाई वैधानिकता दिने हो । कानूनी बाटोबाट मात्रै समस्या समाधान हुन्छ, अनसन बसेर हुँदैन ।’

जुम्लामा १२ दिनेदेखि डा. केसी अनसनमा छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?