प्रधानमन्त्री घोडेजात्रामा सहभागी नहुने

लोकपथ
7
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा घोडेजात्रामा सहभागी नहुने भएका छन् । अघिल्ला वर्षहरूमा जात्रामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य सहभागी हुन्थ्यो ।

तर, प्रधानमन्त्री देउवा शुक्रबार नै भारतको राजकीय भ्रमणमा जाने भएपछि उनी घोडेजात्रामा भने सहभागी नहुने भएका हुन् ।

‘प्रधानमन्त्रीज्यू आजै भारत भ्रमणमा जानुहुने भएकाले उहाँ सहभागी हुनसक्ने अवस्था भएन । अघिल्ला वर्षहरूमा प्रधानमन्त्री जात्रामा आउनुहुन्थ्यो’, सैनिक प्रवक्ता नारायण सिलवालले भने ।

सैनिक मञ्ज टुँडीखेलमा सेनाले आज दिउँसो २ बजे घोडेजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै छ । तर, प्रधानमन्त्री देउवा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २ः४५ बजे अवतरण गर्ने समयतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?