सहकारीमन्त्री खनालद्वारा कलंकी मालपोत कार्यालयको अनुगमन

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेका छन् । 

सेवाग्राहीले मालपोत कार्यालयमा सास्ती भोग्नु परेको, कमिसन बिना कार्य गर्न असहज भएको गुनासो बढेपछि बुधबार मन्त्री खनालले मालपोत कार्यालयको अनुगमन गरेका थिए । 

अनुगमनका क्रममा मालपोतमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै मन्त्री खनालले सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न आफू गम्भीर हुने बताए । 

बुधबार मालपोत पुगेका सेवाग्राहीले मन्त्री खनालतसँग कुरा गर्दै मालपोतमा सहज वातावरणमा काम नहुने गरेको भन्दै गुनासो पोखेका थिए । दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको सेवाग्राहीहरुको गुनासो छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?