कतार विश्वकप २०२२ को ‘ड्र’ आज हुँदै

लोकपथ
273
Shares

काठमाडौं । कतारमा आयोजना हुने २०२२ फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज हुँदैछ ।

कतारको दोहामा एक कार्यक्रमका बीच समूह विभाजन गरिने फिफाले जनाएको छ । ‘ड्र’ नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

विश्वकपका लागि २९ राष्ट्र छनोट भईसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ ।

फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गर्नेछ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।

विश्वकपमा छनोट भएका राष्ट्र :

कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन, पोर्चुगल, मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे, स्विजरल्याण्ड, अमेरिका, क्रोएसिया,सेनेगल, इरान, जापान, मोरक्को, सर्बिया, पोल्याण्ड, दक्षिण कोरिया, ट्युनिसिया, क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेबिया, घाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?