एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेटौँ : विप्लव

लोकपथ
63
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बिचमा ध्रुविकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशिल, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए । उनले एमसीसीको पक्षधरहरुलाई दलाल पुँजिपति वर्गको संज्ञा दिदैँ उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पुर्‍याउनुपर्ने बताए ।

उनले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानुनी मान्यताले लागु गर्न नसकिने बताए । कसैको आत्मसर्मपणले नेपालमा एमसीसी लागु हुन नसक्ने उनले दाबी गरे । महासचिव चन्दले एमसीसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्ने र यसलाई कुनैपनि मूल्यमा रोक्नुपर्ने बताए ।

उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरु पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?