दाङ । राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङले साउन १ गतेदेखि कुनै पनि प्रकारको दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको छ ।
मंगलबार दाङको घोराहीमा राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिले आयोजना गरेको एक कार्यक्रममा प्रदेश नंं ५ र ६ का ढुवानी व्यवसायीहरूको संयुक्त रुपमा साउन १ गतेदेखि कुनै पनि प्रकारको दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको हो ।
राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैंयाका अनुसार दुई प्रदेशका ढुवानी व्यवसायीहरूको संयुक्त भेलाले साउन १ गतेदेखि समिति नरहने भएको हुँदा हाल लिँदै आएको ट्रिप शुल्क, हित कोष कुनै पनि नलिने र भइपरी आउने कुनै पनि दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको बताए ।
दुई वटा प्रदेशका ७ संस्थाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहभागी उक्त भेलामा अधिकांश व्यवसायीहरूले समिति खारेज गर्ने गरी नविकरण नगर्ने सरकारी नीतिको व्यापक आलोचना समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया