दिपेन्द्रको धमाकेदार ब्याटिङमा पीएनजीलाई २ सय २ रनको लक्ष्य

लोकपथ
217
Shares

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ खेले ।

नेपाल आज पीएनजीलाई हराएर एक खेलअगावै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।

यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल २ खेलमा लगातार जितसहित ४ अङ्क जोडेर अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।

मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?