सरकारले फैलाएको भ्रम चिर्दै के.सी.ले भने : ”वार्ताका लागि जतिखेर पनि तयार छु !”

काठमाडाैं : १२ दिनदेखि जुम्लामा अामरण अनसनरत डा. गाेविन्द केसी वार्तामा अाउनै नचाहेको हल्ला सरकारले फैलाएपछि केसीले अनशनस्थलबाट प्रेश विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा केसीले चिकित्सा क्षेत्रको सुधारका गर्न अाफु वार्ताका लागि तयार रहेको उल्लेख गरेका छन् । सरकारले अाफुलार्इ वार्ताका लागि तयार नभएको भनि गरेको प्रचारको पनि केसीले विज्ञप्तिमार्फत खण्डन गरेका छन् ।

सरकारलार्इ वार्ताका लागि गृहकार्यमा जुट्न अाग्रह गर्दै केसीले राज्यले संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रूपमा माग गर्न कुनै पहल नगरेको र सरकारकै जिम्मेवार व्यक्तिहरूले अाफुलार्इ वार्तामा अाउन नचाहेको भनि अभिव्यक्ति दिएकोप्रति अाफ्नो ध्यानाकर्षण भएको केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

केसीले सरकारलार्इ दलीय वा अरू स्वार्थ छाडेर ३ करोड नेपालीको स्वास्थ्यप्रति संवेदनशील हुन र अावश्यक तयारी गरि वार्ताका लागि तत्काल वार्ता टोली पठाउन अाग्रह गरेका छन् ।

चिकित्सा क्षेत्रमा व्यापक सुधारको माग राख्दै अाएका डा. केसीको निरन्तरको अनसनले स्वास्थ्यस्थिति बिग्रँदै गएको चिकित्सकहरूले बताएका छन् ।

चिकित्सा शिक्षा एेन, माथेमा अायोगको प्रतिवेदन कार्यान्वयन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरू गर्नुपर्नेलगायतका माग राखि डा. केसी जुम्लामा अनसनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?