अहिलेसम्मकै ठूलो परिमाणमा पटका पक्राउ

काठमाडौ, २६ असोज । नेपाल प्रहरीले ठूलो परिमाणमा विप्पोटक पदार्थ पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत कमलपोखरीले तिहारलाई लक्षित गरि ल्याईएको पटका लगायतको विस्पोटक सामग्री काठमाडौको हाडीगाँउबाट पक्राउ गरेको हो । झण्डै २० लाख रूपैयाँ लागत पर्ने किसिमको विस्पोटक समगरि एउटा घरमा घोदाम गरिराखेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी बृत प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए । यसवर्ष तिहारको समयमा पटका लगायत विस्सोटक पदार्थ पक्राउ परेकोमा यो नै ठूलो परिमाण हो । पटका आयात गर्ने व्यक्तिले गोदाम गरिराखेकोले उक्त व्यक्तिको खोजी कार्य जारी रहेको चन्दको भनाइ छ । कारोबारमा संलग्न भारतिय नागरिक राम किशोर प्रसाद यादब रहेका छन् ।तिहार नजिकिएसँगै यस्ता विस्पोटक पदार्थहरूको कारोबार बढी नै हुने गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?