मंगलसैन नगरप्रमुख बोहरा भन्छन्- ‘मेरो पाँच वर्षे कार्यकाल सफल भयो’

लोकपथ
98
Shares

अछाम । मंगलसैन नगरपालिकाका प्रमुख पदमबहादुर बोहोराले पाँचवर्षे कार्यकाल सफल रहेको दाबी गरेका छन् । बोहराले भौतिक पूर्वाधारको विकाससँगै सुशासन पक्षमा उल्लेखनीय काम भएको दाबी गरेका छन् ।

नगरका १४ वटै वडामा सडक सञ्जालको विस्तार, शिक्षामा भौतिक पूर्वाधारको विकास, विद्युतीकरण, पर्यटकीय क्षेत्रको प्रचारप्रसार लगायतका क्षेत्रमा विकास भएको नगरप्रमुख बोहराको भनाइ छ ।

उनले कृषि क्षेत्रमा नगरपालिकाबाट प्राप्त लगानी भए पनि जनताको ईच्छाशक्ति नहुँदा प्रभावकारी हुन नसकेको बताए छ । सुरुमा कानुन निर्माण गर्नुपर्ने त्यसपछि कोरोनाका कारण सोचअनुरुप काम हुन नसकेको नगरप्रमुख बोहराको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?