मृतक उद्धारकर्मीलाई थाईल्यान्डको राजकीय सम्मान

एजेन्सी : पानीले भरिएको साँघुरो बाटो भएको थाईल्यान्डको अँध्यारो गुफामा १८ दिनदेखि फसेका फुटबल खेलाडी र कोचसहित १३ जनालाई  सकुशल निकाल्न गरिएको अभियानमा ज्यान गुमाएका

उद्धारकर्मीलाई राजकीय सम्मान दिइने भएको छ ।

उनको अन्तिम संस्कार राजकीय सम्मनका साथ गरिने भएको हो ।

असम्भव मानिएको यो उद्धारबाट फसेका सबैको सकुशल उद्धार भएको हो ।

उद्दार कार्यमा संलग्न थाईल्यान्डको सैनिक समूह थाई नेभी सीलले भनेको छ “हामीलाई थाहा छैन यो चमत्कार हो , विज्ञान हो वा अरू केही ।सबै १३ जना अब गुफा बाहिर छन् ।”

जुन २३ देखि कोच आफ्ना १२ फुटबल खेलाडीका साथ गुफामा फसेका थिए । ती सबै जना अब गुफा बाहिर छन् ।

यो असम्भव मानिएको उद्धार कार्यलाई थाई नेभी सीलले सम्भव गरेको हो । यो अभियानमा विश्वभरको आँखा लागेको थियो ।

यो अत्यनतै कठिन स्थितिमा मानवीय अपेक्षा र हौसलाको जीतको कथा हो ।

मिसन पूरा भएपनि चियांग राय प्रान्तका गभर्नर नारोंगसक ओटोटानकोर्नले अभियानमा सामेल टीमलाई “संयुक्त राष्ट्र टीम” भनेर टिप्पणी गरे ।

यो टीममा थाईल्यान्डको जलसेना र वायुसेनाका अतिरिक्ति बेलायत। चीन, म्यानमार, लाओस, अस्ट्रेलिया, अमेरिका र जापान समेत कतिपय देशका विशेषज्ञहरूको सहभागीता थियो ।

गुफा वरिपरि बस्ने स्थानीयहरूले अभियानमा संलग्न स्वंयसेवकहरूलाई खाना खुवाएर र पौडीबाजहरूको लुगा धुएर सहयोग गरेका थिए ।

यो अभियानमा संलग्न एक पौडीबाज समन गुनानको मृत्यु भएको थियो । थाईल्यान्डको सरकारले मृतक पौडीबाजलाई राजकीय सम्मान दिएर उनको अन्तिम संस्कार गर्ने भएको छ ।

गुफाबाट निकालिएका सबैलाई अस्पतालमा पु¥याइएको छ ।आइतबार ४ बालक, सोमबार  ४ बालक र मंगलबार ४ बालक र कोचसहित ५ जनालाई अस्पताल पु-याइएको थियो ।

अस्पतालमा उद्धार गरिएकाहरूको परिवारजनको घुँइचो लागेको छ । सबैका अनुहार हँसिला देखिन्छन् । 

उपचारमा संलग्न चिकित्सकले यसअघि ल्याइएका ८ बालकहरूको स्वस्थ्य ठीक रहेको तर अँध्यारो गुफामा बसकेकाले मानसिकस्थितिमा प्रभाव परेकोले उपचार गरिदै गरिएको बताए ।

यो अभियानका सफलता प्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एन्जेला मर्केल, बेलायती प्रधानमन्त्री टेरिजा मेलगायतबाट बधाइ र शुभकामना सार्वजनिक भएका छन् ।

उनीहरूले अभियान टोलीलाई विशेष बधाई ज्ञापन गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?