स्थानीय निर्वाचन : एकताबद्ध भएर अघि बढ्ने गठबन्धनको निर्णय

लोकपथ
224
Shares

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु एकताबद्ध भएर जाने भएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

निर्वाचनमा एक भएर जाने भए पनि देशभरका ६ महानगरको उम्मेदवारको विषयमा भने केन्द्रले नै निर्णय गर्ने बताइएको छ ।

यसअघि आगामी स्थानीय निर्वाचनमा तालमेल गरेर जाने वा एक्लाएक्लै जाने भन्ने विषयमा लामो छलफल गरेको थियो ।

यद्यपि गठबन्धनको मुख्य दल नेपाली कांग्रेसमा सहमति नजुट्दा कसरी अघि बढ्ने भन्ने विषयमा अन्यौलता छाएको थियो । तर कांग्रेसले पनि स्थानीय निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने सहमति गरेसँगै निर्वाचन गठबन्धनको बैठक बोलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?