भैरहवा । लुम्बिनी-सिक्किमको सम्बन्ध विस्तार प्रगाढ बनाउन दुवै क्षेत्रका सञ्चारकर्मीहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।
भैरहवामा क्रियाशील पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र सिक्किमको सिक्किम प्रेस क्लबबीच भएको भेटघाट कार्यक्रममा बोल्दै पत्रकारहरुले संगीत, भाषा, संस्कृति, साहित्यमा दुवै क्षेत्र मिल्दोजुल्दो भए पनि यो सम्बन्धलाई विस्तार गरि अझै प्रगाढ बनाउनु पर्ने बताए ।
भाषा मिले पनि जुन रुपमा साझेदारी हुनुपर्ने अबको भेटपछि निरन्तर हुने गरी दुवै संस्थाबीच भगिनी सम्बन्ध कायम गर्ने प्रस्ताव गरिएको छ । पत्रकार नै पुलको भूमिकामा रही सम्बन्ध निर्माण गर्न सक्ने सिक्किम प्रेस क्लब अध्यक्ष शेखर खवासले बताए ।

सन् २००२ मा स्थापना भएको क्लबमा सिक्किम राज्यका क्रियाशील पत्रकारहरूले दुबै क्षेत्रसँग जोड्न पहल गर्ने भूमिका खेल्नु पर्ने बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले दुबै देशको सम्बन्ध विस्तार गर्न पूर्ण सहयोग गर्ने, दुवै देशको समाचारलाई स्रोतको रुपमा प्रयोग गर्न र आउँदो बुद्ध जयन्तीमा नेपाल आउन निमन्त्रणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया