१३ चैत्र २०७९, सोमवार

स्थानीय तहमा बैंक सुविधाको माग

२०७४,आश्विन,२७,शुक्रवार ०७:५४

0
Shares

दुनै, डोल्पा, २७ असोज ।जिल्लाका आठवटा स्थानीय तहमध्ये सातवटामा बैंक सुविधा छैन ।यहाँको ठूलीभेरी नगरपालिकाबाहेक अन्य सातवटा स्थानीय तहमा बैंक सुविधा नहुँदा सर्वसाधारण मारमा परेका छन् । बैंक सुविधा नहुने स्थानीय तहमा त्रिपुरासुन्दरी नगरपालिका तथा जगदुल्ला, मुड्केचुला, डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्काताङ्सोङ र काइके गाउँपालिका रहेका छन् ।डोल्पाको पश्चिममा पर्ने जगदुल्ला गाउँपालिकामा एक महिना अगाडि नै नेपाल बैंकको शाखा विस्तार हुने भनिए पनि अझै हुन सकेको छैन । विकट क्षेत्रमा पर्ने स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कामकाज गर्न असहज भएको जनप्रतिनिधिको गुनासो छ ।“उपल्लो डोल्पाका स्थानीय तहमा बैंकको टड्कारो आवश्यकता छ, बैंकिङ सुविधा लिनका लागि हप्तौँ हिँडेर सदरमुकाम दुनै झर्नुपर्ने बाध्यता छ, एक्लै पैसा बोकर आउँदा जाँदा ज्यानको समेत खतरा छ”, छार्काताङ्सोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले भने ।त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिकाका– १ का अध्यक्ष कर्मसिंह थापा सम्बन्धित स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सानोतिनो आर्थिक कारोबारका लागि पनि सदरमुकाम दुनै जानु पर्ने बाध्यता रहेको बताउछन । कर्मचारीलाई सुरक्षा चुनौतीसमेत हुने गरेको उनको भनाइ छ ।देशकै दुर्गम क्षेत्रका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदाको समस्यालाई मध्यनजर राख्दै यथाशक्य सरकारी तथा निजी बैंकका शाखा विस्तारका लागिसमेत सम्बन्धित निकायमा आग्रह गरिएको छ । ठूलीभेरी नगरपालिकामा नेपाल बैंक र सिटिजन्स बैंकले सुविधा दिइरहेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२७,शुक्रवार ०७:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६