बिहीबार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
390
Shares

काठमाडौं । सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ भने १० रुपैयाँ घटेको छ । बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?