काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि आफ्नो तीनदिने भ्रमणका लागि भारत जाँदै छन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा चार जना मन्त्री पनि सहभागी हुने भएका छन्
बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको बालुवाटार स्रोतले जानकारी दियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया