कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल सम्मानित

लोकपथ
126
Shares

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपाल कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

रिपोर्टस क्लव नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई सम्मान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार नेपाललाई सम्मान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नामबाट क्लबले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आएको छ ।

एक लाख रुपैयाँ र ताम्रपत्रसहित पत्रकार नेपाललाई सम्मान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?