तेजाव आक्रमण र यौन हिंसाविरुद्ध दुई अध्यादेश ल्याउँदै सरकार

लोकपथ
147
Shares

काठमाडौं । सरकारले तेजाव आक्रमण र यौन हिंसाविरुद्ध दुई अध्यादेश ल्याउने तयारी गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यी दुई अध्यादेश ल्याएको थियो । तर उक्त अध्यादेशहरु पारित नहुँदै निष्कृय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?