हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
299
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ५६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ १० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ ८३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ दुई पैसा र बिक्रीदर ९१ रुपैयाँ ४७ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रीदर ९७ रुपैयाँ ५४ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ सात पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४५ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८२ पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिददर १० रुपैयाँ एक पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?