सहमतिमा यौन सम्पर्क राखेर बलात्कारको आरोप, किशोरी गइन् जेल

लोकपथ
154
Shares

सहमतिमा यौन सम्पर्क राखेर बलात्कार आरोप लगाउने एक किशोरीलाई जेल सजाय भएको छ ।

बलात्कारको झुटो उजुरी दिएको अभियोगमा अछाम जिल्ला अदालतले १९ वर्षकी एक किशोरीलाई ३ वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उजुरीकर्ता किशोरीविरुद्ध नै सजायको फैसला सुनाएको हो।

गत २०७८ माघ १५ गते आफूसँग विवाह गर्न भनेर घरमा माग्न आएका युवकले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएकी थिइन्।

तर, मुद्दाको पुर्पक्षका क्रममा सहमतिमा नै यौनसम्बन्ध राखेको पुष्टि भएको अदालतको ठहर छ। युवकलाई झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै अदालतले किशोरीलाई नै कैद सजायको फैसला सुनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?