काठमाडौं । प्रहरीले बागलुङमा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ बडिगाड गाउँपालिका(५ ग्वालिचौर बस्ने ४० वर्षीय श्याम बहादुर रेश्मी रहेका छन् ।
रेग्मीको साथबाट अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन एक थान र चार राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनको घरबाटै ती हातहतियार बरामदसहित उनलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया