काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा ठेक्कापट्टा (ठेकेदार) मा लागेको व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् ।
सोमबार बसेको निर्वाचन आयोगको बैकठले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै सो कुरा उल्लेख गरिएको छ ।
आयोगले जारी गरेको निर्देशिका अनुसार ठेक्कापट्टा वा चल अचल सम्पती सम्बन्धि व्यवहारमा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख गरिएको छ । ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ निर्देशिकामा भनिएको छ ।
त्यसैगरी २१ वर्ष उमेर पुगेको कुनै पनि नेपाली नागरिकले मनोनयन दर्ता गर्दा १९ बुँदे स्वघोषणा गर्नुपर्ने प्रावधान समेत लागू गरिएको छ ।
‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वंय जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको छ ।’ जारी निर्देशिकामा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया