स्थानीय निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनले बोलायो बैठक

लोकपथ
833
Shares

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ ।

निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बिहीबार बिहान १० बजेका लागि बैठक बोलाइएको हो ।

आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

यसअघि मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कमिटी बैठकले आवश्यकताअनुसार गठबन्धन गरेर अघि बढ्ने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?