चार करोड ठगी गरेको आरोपमा अनिल गजमेर पक्राउ

काठमाडौं । सर्वसाधारणको चार करोड ३१ लाख ठगी गरेको अभियोगमा सुनसरी इनरुवाका ४४ वर्षीय अनिल विश्वकर्मा गजमेर लाजिम्पाटबाट पक्राउ परेका छन् । 

ब्राइट इनभेष्टमेण्ट र माई इनभेष्टमेण्ट कम्पनीका नाममा सर्वसाधारणलाई शेयर दिन्छु भनी उनले १ सय १५ जनाबाट चार करोड ३१ लाख सात हजार उठाई ठगी गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख विश्वराज पोखरेलका अनुसार, ब्राइट इनभेष्टमेण्ट र माई इनभेष्टमेण्ट नामका दुई छुट्टा छुट्टै कम्पनी खडा गरी उनले ब्याज र शेयरको लोभ देखाई सर्वसाधारणलाई ठगी गरेका हुन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?