काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।
मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ५७ रनको अर्धशतकीय इनिङ खेले ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया