थाइल्याण्डको गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार

थाइल्याण्डमा गुफामा दुई हप्तादेखि  फसेका फुटबल प्रशिक्षकसहित १२ जना बालबालिकाको सकुशल उद्दार भएको छ ।

गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो ।

९ दिन अगाडि बेलायती गोताखोरले उनीहरु १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो ।

गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक  र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?